एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते काठमाडौंमा, नेता-जनप्रतिनिधि सहभागी हुने


काठमाडौं – नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंको माइतीघरस्थित कार्की ब्याङ्क्वेटमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प ! समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने नारासहित आयोजना हुने भेलामा पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेता, जनसङ्गठनका प्रतिनिधि, सांसद र स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी हुनेछन्।

भेलामा प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष–उपाध्यक्ष, राष्ट्रिय सभा तथा प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखको सहभागिता रहने जनाइएको छ।