स्टार किड्स दिव्याको दुःख के ?



नायक दीलिप रायमाझीकी छोरी भएका कारण नव–नायिका दिव्या रायमाझीलाई फिल्म क्षेत्रमा प्रवेश गर्न सजिलो भयो भन्ने धेरैको वुझाई छ । यो कुरा दिव्या पनि स्विकार गर्छिन् । किनकी, दिव्या दीलिपकी छोरी भएकै कारण सुरुवातदेखि नै फिल्म मेकरको नजरमा थिइन् ।

तर, दिव्याका लागि अब दीलिप रायमाझीकी छोरी भनेर मात्र पनि सुख छैन । किनकी, उनले आफ्नै कामबाट प्रमाणित गरेर देखाउनुपर्नेछ ।

दिव्या भन्छिन्–‘मेरो ड्याडले तीन दशकदेखि यो क्षेत्रमा योगदान दिनुभएको छ । यसैले, मलाई यो क्षेत्रमा प्रवेश गर्न सजिलो भयो होला । तर, यहाँ आएर काम गरेर प्रमाणित गर्न धेरै गाह्रो हुने रहेछ । निकै नै तुलना हुँदो रहेछ ।’

दिव्याले अगाडि भनिन्–‘मैले शत प्रतिशत मात्र होइन, दुई सय प्रतिशत दिनुपर्ने रहेछ । सायद, दर्शकले मेरो काम हेरेपछि यो समस्या विस्तारै हट्दै जानेछ ।’

दिव्या अभिनित फिल्म ‘एक्टर’ माघको १६ गतेदेखि रिलिजमा आउँदैछ । दिव्याको काम दर्शकले मन पराए भने उनले आफूलाई प्रमाणित गर्ने मौका पाउनेछिन् ।