तेस्रो फिल्मसम्म आइपुग्दा कलाकार सागर लम्साल ‘बले’को नेपाली फिल्म क्षेत्रमा खासै क्रेज छैन । पहिलो फिल्म ‘लोफर’ नचलेपछि उनी लामो समयसम्म फिल्ममा देखिएनन् ।
यसपछि उनले फिल्म ‘लाज शरणम्’मा काम गरेका छन् । यो फिल्ममा उनको काम कस्तो छ हेर्न बाँकी छ । तर, उनले तेस्रो फिल्म ‘डल्ले इन्ट्री मार्यो’मा ३५ लाख लिएको भन्दै चर्चा गरिएको छ ।
कलाकारहरुले पारिश्रमिक लिएको बिषय सकेसम्म लुकाइन्छ । तर, यहाँ त सागरले ३५ लाख लिएको खबर हाइलाइट छ । यसबाट पनि उनले यती नै पारिश्रमिक लिएका हुन् कि हैनन् भन्ने शंका उत्पन्न हुन्छ ।
राजु गिरीले ३५ लाखमा त सिंगो फिल्म नै बनाउँदै आएका छन् । तर, यसपटक उनले नायकलाई नै ३५ लाख दिएको चर्चा चलेको छ ।
यो फिल्मको छायांकन फागुनबाट सुरु गर्ने योजनामा निर्माणपक्ष छ । फिल्मको कथा लक्ष्मण सुवेदीले लेखेका हुन् ।
सागरको क्रेज र बजार भ्यालु अनुसार यो पारिश्रमिक पनि कम भएको राजुको भनाई छ । तेस्रो फिल्मसम्म आइपुग्दा नै सागर महंगो नायक बनेको चर्चा चुलिएको छ । तर, धेरैले यो कुरा पत्याएका भने छैनन् ।
सावित्रा चिलुवाल,निर्मता बस्नेत,आशिष र आदर्श बस्नेत निर्माता रहेको फिल्मका अन्य कलाकार तथा प्राबिधिक चयन कार्य भने केही सातामा टुङ्ग्याइने छ । उषा फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म सोसियल कमेडी जनरामा हुने बताइन्छ ।
प्रतिक्रिया