नेपाली फिल्म क्षेत्रमा बाघ निर्माताको रुपमा चिनिएका नायक छविराज ओझा केही बर्षको विश्रामपछि फिल्म मेकिङमा फर्किएका छन् । नायिका शिल्पा पोखरेलसँग डिभोर्सको सम्पूर्ण मुद्दा सकिएपछि छवि बल्ल फिल्म मेकिङमा फर्किएका हुन् ।
उनले गुह्वेश्वरीमा रहेको आफ्नो करिब ६ करोड मुल्यको घर समेत शिल्पालाई दिएका छन् । शिल्पा अहिले यही घरमा बस्दै आएकी छिन् ।
डिभोर्सको सम्पूर्ण मुद्दा सकिएपछि छविले ७ बर्ष अगाडि बनाएको हिट फिल्म ‘मंगलम’को सिक्वेल बनाउने तयारी गरेका हुन् । छविराज ओझा र दिजेन्द्र शाक्यको लगानीमा तयार हुने फिल्मलाई नवल नेपालले निर्देशन गर्नेछन् ।
पहिलो भाग पनि निर्देशक नेपालले नै तयार पारेका थिए । निर्माता ओझाका अनुसार प्राविधिक र कलाकारहरुको नाम केही समयपछि सार्वजनिक गरिनेछ । फिल्म ‘मंगलम’को ‘पर्ख पर्ख मायालु’ गीत सुपरहिट भएको थियो ।
यो फिल्म रिलिज भएपछि छवि र शिल्पाको डिभोर्सको प्रक्रिया अगाडि बढेको थियो । जसकाकारण, छविले फिल्म निर्माण गर्न सकेका थिएनन् । तर, केही दिन अगाडि मात्र उनले फिल्म क्षेत्रको ‘बाघ निर्माता’ आफू भएको भन्दै चाडै नै फिल्म मेकिङमा फर्किने बताएका थिए ।
प्रतिक्रिया