लामो समयसम्म कलाकारिताबाट टाढा रहेका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ दर्शकमाझ आएका छन् । फागुनको १४ गते शिवरात्रीको अवसर पारेर रिलिजमा आउन लागेको फिल्म ‘लाज शरणम्’को नयाँ पोस्टरमा उनको फरक र विशेष भूमिका छ ।
सार्वजनिक पोस्टरमा उनी नेताको भूमिकामा छन् । पूर्व सांसद तथा मन्त्री मोहम्मद आफ्ताब आलमको गेटअपमा उनलाई देख्न सकिन्छ । उनको गेटअपले सामाजिक संजालमा तरंग ल्याइदिएको छ ।
यही पोस्टरका कारण फिल्मको हाइप पनि बढेको छ । उनको भूमिका फिल्ममा कस्तो छ भन्ने खुलाइएको छैन । तर, उनको गेटअपले भने दर्शकलाई फिल्म प्रतिक्षित बनाउने पक्का छ ।
यो पोस्टरमा उनी बाहेक मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई पनि प्रस्तुत गरिएको छ । यो फिल्ममा अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, रेणु योगी, सागर लम्साल, विजय लामा, माला लिम्बु लगायतको पनि अभिनय छ ।
कुमार कट्टेलको निर्देशनमा तयार भएको यो फिल्ममा नविन श्रेष्ठको लगानी छ । फिल्ममा राम नरेश शाह र श्रृजना खड्का सह–निर्माताको रुपमा छन् । सुदिप बरालको छायांकन रहेको यो फिल्मले राजनीति र जनताको कथा भन्छ ।
प्रतिक्रिया