जनकपुरमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु


काठमाडौँ- जनकपुरस्थित मधेस भवननजिक भएको मोटरसाइकल दुर्घटनामा भौतिक पूर्वाधार मन्त्रालयका चालक देवेन्द्र यादवको मृत्यु भएको छ। प्रहरीका अनुसार यादव जनकपुरको लक्ष्मिनिया गाउँपालिका वडा नम्बर १ निवासी थिए। आज बिहान कार्यालय आउँदै गर्दा विपरीत दिशाबाट आइरहेको मोटरसाइकलले यादव सवार मोटरसाइकललाई ठक्कर दिएको हो।

यादव सवार मोटरसाइकलको नम्बर ज १ ब ७५५ रहेको छ। ठक्कर दिने मोटरसाइकल मधेस प्रदेशको नम्बर प्लेट २ ०२ ००४ प ८१९६ रहेको छ। प्रहरी प्रवक्ता बरुणबहादुर सिंहका अनुसार, विद्यार्थीले चलाएको मोटरसाइकलले ठक्कर दिएपछि यादवको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

ठक्कर दिने मोटरसाइकलका चालकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।