काठमाडौँ- भारतको महाराष्ट्र राज्यको जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा ७ नेपालीको मृत्यु भएको पुष्टि भएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा मृत्यु भएका ७ जनाको नाम सार्वजनिक गरिएको छ।
मृतक नेपालीहरूमा कैलालीका कमला नवीन भण्डारी, लछिराम पासी, अछामका हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला उर्फ कला कामी र बाँकेका राधेश्याम राध समावेश छन्।
दुर्घटनामा थप ४ नेपाली घाइते भएका छन्, जसमा ४ जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई गम्भीर अवस्थाममा गोदावरी अस्पताल, जलगाउँमा उपचार दिइँदैछ।
दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन र घाइतेहरूको शीघ्र उपचारका लागि परराष्ट्र मन्त्रालयले दिल्लीस्थित दूतावास र काठमाडौँस्थित भारतीय दूतावासमार्फत भारत सरकारसँग समन्वय गर्दै काम गरिरहेको छ।
माघ ९ गते साँझ, उक्त दुर्घटना भरधाडे स्टेसननजिकै भएको थियो, जसमा नेपाली नागरिकहरू सहित अन्य ५ जनाको पनि मृत्यु भएको बताइएको छ।
प्रतिक्रिया