नायिका आना शर्मा र गायक सुशान्त केसीबिच प्रेम रहेको खबर सर्वत्र छ । उनीहरु सार्वजनिक कार्यक्रममा पनि हात समातेर हिडिरहेका देखिन्छ । सुशान्तको गीतमा आनाको अभिनय रहन्छ ।
तर, हालैमात्र एक अन्तरवार्तमा भने आनाले सुशान्तसँगको प्रेमलाई अस्विकार गरिन् । उनले, आफूले पनि मिडियालाई सरप्राइज दिने भन्दै सुशान्तसँग प्रेम रहेको कुरा कहिले पनि स्विकार नगरेको तर्क गरिन् ।
आनाले भनिन्–हामीले कहिले प्रेम स्विकार गरेका छौं र ? यसै अड्कल लगाएर कहाँ हुन्छ ? हामीले निरन्तर काम गरेका कारण पनि दर्शकले त्यस्तो सोच्नु भएको होला । मलाई सुशान्तको धेरै बानीहरु मन पर्छ । तर, प्रेम हो कि होइन भन्ने सस्पेन्समा नै छ ।’
आनाले आफू ब्रेकअपपछि भने धेरै बदलिएको तर्क गरेकी छिन् । उनी व्यापारी सोनाम शेर्पासँगको प्रेममा थिइन् । सो समयमा आनाले फिल्ममा पनि काम गरेकी थिइनन् ।
तर, अहिले आफू बदलिएको आनाको भनाई छ । उनले, प्रेममा पर्दा आफूलाई नै विर्सिएर अर्को व्यक्तिलाई प्रेम गर्न नहुने तर्क गरिन् । आफ्नो बारेमा सोचिएन भने गाह्रो पर्ने आनाको भनाई छ ।
प्रतिक्रिया