‘एक्टर’ प्रिमियरमा आनाको पहिरनको चर्चा, कस्तो छ प्रतिक्रिया ?



भोलि बुधबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘एक्टर’को भव्य प्रिमियर भक्तपुरमा गरिएको छ ।

करिब ७ सय मानिसहरुको उपस्थितीमा आयोजित प्रिमियर समारोहमा कलाकारहरुको पहिरनको चर्चा बढी भयो ।

नायक प्रदीप खड्का र राजवल्लभ कोइराला, नायिकाद्धय आना शर्मा र दिव्या रायमाझी प्रिमियरमा पुग्दा माहोल गर्मिएको थियो ।

प्रिमियरमा नायिका आना शर्माको पहिरनको निकै चर्चा भयो । आनाले यो फिल्मको विभिन्न कार्यक्रममा लगाएको पहिरनको सधै नै चर्चा हुने गरेको छ ।

फिल्मको प्रिमियरमा पुगेका अधिकांशले यसको मेकिङ, प्रस्तुति, नयाँपनको चर्चा गरे । एउटा फ्रेस कथामा फिल्म हेर्न पाएको भन्दै डेब्यू निर्देशक राजन भुसालको तारिफ गरिएको थियो ।

फिल्मको स्क्रिप्ट आकाश बराल र राजन भुसालले मिलेर लेखेका हुन् । अधृत फिल्मस् र अ मोती फिल्म्सको संयुक्त प्रस्तुतिमा रहेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ । क्रियटिभ निर्माता मोती कार्की रहेको फिल्ममा अनीश भुसाल सह–निर्माताको रुपमा छन् ।

मल्टिप्लेक्समा राम्रो शोज पाएको यो फिल्मले दर्शकको राम्रो साथ पाउने विश्वास गरिएको छ ।