काठमाडौं, १९ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालको निर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशन हुने दाबी गरेका छन् । आज (शनिबार) काठमाडौं महानगर–७ को वडा सम्मेलनलाई सम्बोधन गर्दै उनले महाधिवेशनको पछाडि सार्न नसकिने बताएका हुन् । उनले महाधिवेशनको मितिबारे कुनै कन्फ्यूज नहुन आग्रह गरे ।
प्रतिक्रिया