काठमाडौं, २१ माघ । रास्वपाका सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा आज जिल्ला अदालतमा मुद्दा दायर हुने भएको छ ।
सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्नको लागि सम्पूर्ण तयारी गरिसकेको छ । यसअघि लामिछाने कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतबाट क्रमशः ६५ लाख, ६० लाख र एक करोड धरौटी बुझाएर रिहा भएका छन् ।
चितवनलगत्तै लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा पनि मुद्दा दाय हुने बताईएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई भेटेर लामिछानेले आफ्नो सांसद पद निलम्बनमा राखिएको युक्तिसंगत नभएको भन्दै फुकुवाको मागसहित निवेदन हालेका छन् । तर, सभामुखले यसबारेमा कुनै निर्णय दिएका छैनन् ।
प्रतिक्रिया