काठमाडौँ- कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु भएको हो । आइतबार साँझ सवा ५ बजेतिर बेलडाँडी गाउँपालिका–३ खैरिघाटमा बेलडाँडीबाट कलकत्ता जाँदै गरेको सुपप्र ०१–००१ ख ३६१० नम्बरको बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको प्रहरीले बताए।
मृत्यु हुुनेमा सोही ठाउँ बस्ने मीनबहादुर कुँवरका २ वर्षीय छोरा सुशान्त हुन् । उनलाई ज्ञानसाधना बोडिङ स्कुलको बसले ठक्कर दिएको हो । सुशान्तको घटनास्थलमै मृत्यु भएको हो ।
बस प्रहरीले नियन्त्रणमा लिएपनि चालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाए।
प्रतिक्रिया