सुर्खेतबाट कुम्भ मेलाका तीर्थयात्री बोकेको बस बबईमा दुर्घटना


काठमाडौँ- सुर्खेतबाट भारतको प्रयागराजमा जारी कुम्भ मेलाका तीर्थयात्री लिएर गइरहेको बस बबई नजिक दुर्घटनामा परेको छ। आइतबार बेलुका साढे ५ बजे बर्दिया जिल्लाको बबई क्षेत्र नजिक भे १ ख ४३३१ नम्बरको बस पुलबाट तल खसेर दुर्घटनाग्रस्त भएको हो।

उक्त बस उत्तर प्रदेशस्थित गंगा, यमुना र सरस्वती नदीको संगम प्रयागराजमा जारी कुम्भ मेलामा तीर्थयात्रीहरू लैजाँदै थियो। दुर्घटनाको कारण हालसम्म स्पष्ट नभए पनि प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिका कारण नियन्त्रण गुमेर बस खसेको हुनसक्ने अनुमान गरिएको छ।

दुर्घटनामा कति यात्रु घाइते वा हताहत भएका छन् भन्ने विवरण आउन बाँकी छ। स्थानीय प्रशासन तथा उद्धार टोली घटनास्थलमा पुगेको छ भने घाइतेहरूको उद्धार तथा उपचारको कार्य भइरहेको छ।

यस घटनासम्बन्धी थप जानकारी आउन बाँकी छ।