काठमाडौँ- आइतबार बिहान ११ बजेदेखि श्रीलङ्काभर बिजुली आपूर्ति अवरुद्ध भएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार कोलम्बोको एउटा ऊर्जा केन्द्रमा बाँदर प्रवेश गरेपछि विद्युत् आपूर्तिमा समस्या आएको बताइएको छ।
ऊर्जा मन्त्री कुमारा जयकोडीका अनुसार बाँदरले ग्रिड ट्रान्सफर्मरमा गडबडी गराएको हुनसक्ने आशंका गरिएको छ। विद्युत् आपूर्ति पुनःस्थापनाको काम जारी रहेको छ, जसमा स्वास्थ्य केन्द्र र जल प्रशोधन केन्द्रलाई प्राथमिकता दिइएको छ।
सामाजिक सञ्जालमा विद्युत् अवरोधलाई लिएर सरकारको आलोचना भइरहेको छ। इन्जिनियरहरूले वर्षौंदेखि पावर ग्रिडको स्तरोन्नतिको आवश्यकता औंल्याउँदै आएका थिए। २०२२ को आर्थिक सङ्कटका बेला चरम लोडसेडिङ भोगेको श्रीलङ्काले अहिले फेरि विद्युत् आपूर्तिमा समस्या व्यहोरिरहेको छ।
प्रतिक्रिया