काठमाडौँ- तनहुँ प्रहरीले ४ जना युवालाई कुटपिटको आरोपमा नियन्त्रणमा लिएको छ। उनीहरूमाथि तनहुँको व्यास नगरपालिका(५ स्थित पर्यटकीयस्थल मानुङकोटमा कार्यरत अस्थायी प्रहरी बिटका जवान सुनिल कार्कीमाथि कुटपिट गरेको आरोप लागेको हो।
शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएको थियो, जसपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि ती युवाहरूले हातपात गरेका थिए। पक्राउ पर्ने युवाहरूमा व्यास(४ का रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास(१ का सुदीप विक रहेका छन्।
प्रहरी नायब उपरीक्षक अशोक थापाले यस घटनाबारे जानकारी दिँदै भने, ूसुरक्षाका लागि खटिएका प्रहरीमाथि कुटपिट गर्नु ठूलो अपराध हो र यसमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया