काठमाडौँ- कपिलवस्तुमा दुई व्यक्तिलाई आफूलाई प्रहरीको सीआईडी बताउँदै ठगी गरेको आरोपमा पक्राउ गरिएको छ पक्राउ पर्ने व्यक्तिहरू वाणगंगा नगरपालिका २ का ३२ वर्षीय ऋषिराम घिमिरे र कप्टैयाका जीवन थापा हुन्।
उनीहरूले आफूलाई इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको सीआईडी भएको बताउँदै एक स्थानीयको घर खानतलासी गर्नुपर्ने भन्दै १७ हजार रुपैयाँ असुलेका थिए।
घटना पछि कपिलवस्तु प्रहरी टोलीले उनीहरूलाई वाणगंगा नगरपालिका(२ राजपुर स्थित खेलमैदानबाट नियन्त्रणमा लिएको हो। दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया