काठमाडौँ- बझाङमा बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। खप्तडछान्ना गाउँपालिका ७ गडराय बस्ने ३४ वर्षीय विरेन्द्र रोकाया पक्राउ परेका छन् । रोकायालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले आइतबार साँझ पक्राउ गरेको छ।
उनीविरूद्ध १५ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरी परेको छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताए । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेका छन् ।
प्रतिक्रिया