एरिजोनामा विमान दुर्घटना, एक जनाको मृत्यु, तीन जना घाइते


काठमाडौँ- अमेरिकाको एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा सोमबार दिउँसो एक विमान दुर्घटना भएको छ। सीएनएनका अनुसार, दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

दुर्घटना अवतरण गर्दै गरेको एक सानो जेटले पार्किङ गरिरहेको अर्को व्यवसायिक जेटलाई ठोक्किएको थियो। दुर्घटनामा परेका लिअरजेट ३५ए विमानको स्वामित्व प्रसिद्ध गायक भिन्स नीलको रहेको छ, तर उनी विमानमा सवार थिएनन्।

विमान टेक्सासको अस्टिनबाट उडेको थियो र स्थानीय समयअनुसार २ः४५ बजे स्कट्सडेल विमानस्थलमा अवतरण गर्न लागेको थियो। विमानस्थलका उड्डयन योजनाका संयोजक केली कुएस्टरका अनुसार, ल्याण्डिङ गेयर फेल भएर दुर्घटना भएको हो।

विमानस्थल अग्नि नियन्त्रण विभागका क्याप्टेन डेभ फोलियोले जानकारी दिएका छन् कि घटनास्थलमा एक जनाको मृत्यु भएको थियो। अन्य दुई जना गम्भीर घाइते छन् भने एक जनाको अवस्था सामान्य रहेको छ।