काठमाडौँ- काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसमा प्रहरीले चेकजाँचका क्रममा ३१८ ग्राम अवैध सुन बरामद गरेको छ। चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा चेकप्वाइन्टमा गरिएको जाँचमा सुन फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले जानकारी दिए।
सुन तस्करीको आरोपमा भारतका २७ वर्षीय महेश अमृत मानी र २४ वर्षीय राहुल खंडु सरकलालाई पक्राउ गरिएको छ। बा।प्र।०१–००२ ख ०५४२ नम्बरको यात्रुवाहक बसलाई लागू औषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले चेकजाँच गर्दा सुन फेला परेको हो।
प्रहरीका अनुसार बसको स्लिपर सिटमा महेश अमृत मानीले सुतेको सिरानी मुनि कागजमा बेरेर सुन लुकाइएको अवस्थामा भेटिएको थियो। हाल घटनाको थप अनुसन्धान प्रहरी वृत्त थानकोटले गरिरहेको छ।
प्रतिक्रिया