बेलायत पठाइदिने भन्दै साढे ३२ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति काठमाडौँमा पक्राउ


काठमाडौँ – आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै ३२ लाख ५७ हजार रुपैयाँ ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ का ५३ वर्षीय दिनेश अधिकारी हुन्, जो हाल काठमाडौँको तारकेश्वर नगरपालिका–५ बसोबास गर्दै आएका छन्।

अधिकारीले एक व्यक्तिबाट ३२ लाख ५७ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए। नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई काठमाडौँ महानगरपालिका–२६ बाट पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको जनाएको छ। प्रहरी उपरीक्षक काजीकुमार आचार्यले यो जानकारी दिएका छन्।