केहि समय अगाडी भएको महाधिवेशनबाट फेरि अध्यक्षमा निर्वाचित भएका नेपाल समाजवादी पार्टी (नयाँ शक्ती) का अध्यक्ष डा बाबुराम भट्टराईले निजी सचिवालयमा अमित खनाललाई नियुक्त गरेका छन् ।
बुटवलका खनाल नेसपा नयाँ शक्तिका सबैभन्दा कान्छा केन्द्रीय सदस्यसमेत हुन् । उनले आइटी र प्रेस हेर्ने गरि जिम्मेवारी पाएका छन् ।
इन्जिनियर खनाललाई आफ्नो सचिवालयमा नियुक्त गरेको जानकारी दिँदै डा. भट्टराईले नाती पुस्तासँगको सहकार्य वैकल्पिक राजनीतिक अभियानलाई सार्थक परिणाममा पुर्याउन सहयोगी हुने अपेक्षा गरेको बताएका छन् ।
‘युवा मेकाट्रोनिक्स इन्जिनियर तथा डिजिटल क्रियटर अमित खनाललाई आफ्नो निजी सचिवालयमा प्रेस तथा आईटी विभाग हेर्ने गरी नियुक्ति गर्न पाउँदा खुशी छु’, डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नाती पुस्तासँगको सहकार्य वैकल्पिक राजनीतिक अभियानलाई सार्थक परिणाममा पुर्याउन सहयोगी हुने अपेक्षा गरेको छु। सबैको सद्भाव र सहयोगका लागि हार्दिक आग्रह गर्दछु ।’
प्रतिक्रिया