गुल्मीमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

504
Shares

काठमाडौँ- गुल्मीमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति रूरूक्षेत्र गाउँपालिका(१ का ५७ वर्षीय पर्शुराम पौडेल हुन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार, पौडेलमाथि अमरकल्याण महिला विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको संरक्षणमा रहेका १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ। उनले बालिकालाई आफ्नो संरक्षणमा राखेर पालन पोषण गर्ने बहानामा १५ मंसिर, २०७६ मा आफ्नो घरमा ल्याएका थिए।

प्रहरीले पौडेललाई पक्राउ गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।