रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा–४ कोइराल खर्ककी लालसरी कामीले आफ्नो छोराले अन्तरजातीय विबाह गरेकै कारण जबरजस्ती करणीको झुटो मुद्धा लगाएर जेल पुर्याइएको बताएकी छन् । उमेरले ६० वर्ष नाघिसकेकी लालसरीले रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा आफ्ना २२ वर्षीय छोरा शरद विक अन्तरजातीय प्रेम बिबाह गरेकै कारण ७ महिनादेखि जेलमा रहेको बताएकी हुन् ।
सानो जातको भएकै कारण आफ्नो छोरालाई झुटो मुद्धा लगाइएको उनले बताईन् । ‘मेरो छोरा अहिले कारागारमा छ । एक्लै छोरा थियो, त्यहीँ छोरा जेलमा छ । तागत छैन, श्रीमान छैनन्, श्रीमानको मृत्यु भएपछि बुढेसकालको साहारा त्यहीँ छोरा छ भनेर चित्त बुझाएकि थिए । मेरो छोरालाई दलित भएकै कारण झुटो मुद्धा लगाएर फसाए,’– उनले रुँदै भनिन् ।
शरद अहिले थुनामा छन् । माथिल्लो जातको केटी विवाह गरेकै कारण उनलाई फसाइएको उनले बताईन् । शरदलाई प्रहरीले गत भदौ ११ गते पक्राउ गरेको थियो । शरदकी आमा लालसरीका अनुसार उनीहरुले विवाह गरेर संगै बसेको ३÷४ महिनापछि ती महिलाले जबरजस्ती करणीको झुटो मुद्दा हालेकी हुन् ।
प्रतिक्रिया