काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार नेपालमा सबै नागरिकलाई समान स्वास्थ्य सेवाको पहुँच र सेवा गुणस्तरमा वृद्धि गर्ने आवश्यकता भएको बताएका छन्। उनले मंगलबार नेपाल चिकित्सक संघले आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्य क्षेत्रमा भएका सुधारहरूको महत्त्वलाई स्वीकार गरे, तर दुरदराजका क्षेत्रहरूमा नागरिकलाई अझै पनि उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अवस्थामा सुधारको आवश्यकता औंल्याए।
राष्ट्रपति पौडेलले भने, ूदेशका कुना, कुनामा दक्ष र विज्ञ चिकित्सकहरूको सेवा पुर्याउन आवश्यक छ,ू र चिकित्सकहरूले आफ्नो पेशामा सेवा भावको दृष्टिकोण अपनाउनुपर्ने पनि बताए। उनले स्वास्थ्य क्षेत्रमा गरिएको लगानी र दक्ष चिकित्सक उत्पादनको महत्त्वपूर्ण कदमलाई सकारात्मक रुपमा मूल्याङ्कन गर्दै, देशको स्वास्थ्य शिक्षा अब्बल हुँदै दक्ष र विज्ञ चिकित्सकहरू नेपालमै उत्पादन हुनु सुखद पक्ष हो, भने।
त्यसैगरी, राष्ट्रपति पौडेलले स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गर्दा चिकित्सकहरूलाई पर्याप्त अवसर नपाएको गुनासो सुनिएको र यस कारण चिकित्सकहरूको विदेश जानको क्रम बढ्नु चिन्ताजनक भएको पनि बताए।
प्रतिक्रिया