सभामुख देवराज घिमिरेको बयान


काठमाडौं- सभामुख देवराज घिमिरेले सशक्त प्रेसलाई लोकतन्त्रको आधारभूत सिद्धान्तका रूपमा उल्लेख गरेका छन्। उनले भने, लोकतन्त्रको आधारभूत सिद्धान्त सशक्त प्रेस, पारदर्शिता र उत्तरदायी शासन प्रणाली हो।

इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को दोस्रो वार्षिक उत्सवमा सम्बोधन गर्दै सभामुख घिमिरेले सशक्त प्रेसले आर्थिक विकास र नीति निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताएका छन्। उनले यसअनुसार नेपालले यो दिशा र नीति अवलम्बन गर्दै आएको पनि बताए।

संविधानले नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको छ भने, सूचना प्राप्त गर्ने हकको प्रत्याभूति पनि गरेको छ, उनले थपे।