प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै


प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्न धनगढी जाने छन्। उनले दिउँसो १ बजे सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

त्यसअघि, ओली सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनेछन्, जहाँ १ हजार ३ सय ७७ विद्यार्थीलाई दीक्षा दिइने छ। दीक्षान्त समारोहमा सहभागी भइ सकेपछि, उनले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा निर्माण सम्पन्न भएको सिटी हलको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ।

प्रधानमन्त्री ओली दिउँसो काठमाडौँबाट हेलिकप्टरमार्फत कञ्चनपुरको महेन्द्रनगर आइपुगेका छन्।