प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको महत्वमा जोड दिए


काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सृजना गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। उनले आज काठमाडौँमा भएको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को उद्घाटन गर्दै उद्यमशीलताको विकास र समृद्ध नेपाल निर्माणमा निजी क्षेत्रको योगदान अझ महत्त्वपूर्ण हुने बताए।

प्रधानमन्त्री ओलीले भने, ूविदेशमा श्रम गर्न जाने नेपालीहरूले स्वदेशमा रोजगारीका अवसर नपाउने हो भने अर्थतन्त्रको उत्थान सम्भव छैन। यसकारण, विज्ञान र प्रविधिको भरपूर उपयोग गर्दै उत्पादन र उत्पादकत्व बढाउन आवश्यक छ।ू

उनले दक्ष जनशक्ति र अधिक रोजगारी स्वदेशमै सृजना गर्नुपर्नेमा जोड दिए। साथै, व्यावासिक दक्षता र प्रतिस्पर्धात्मकता बढाउन पनि सरकार प्रतिबद्ध रहेको बताए।

प्रधानमन्त्री ओलीले बैंकहरूको भूमिका सन्दर्भमा भने, ूबैंकहरूलाई खराब साहूजस्तो व्यवहार नगर्नुपर्ने हो, यसले अर्थतन्त्रलाई अप्ठ्यारो पार्न सक्छ,ू भने। उनले ऋण संकटको बेला असहयोगी व्यवहार नगर्न र एक अर्कालाई सहकार्य गर्दै अर्थतन्त्रलाई सुधार्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारे।

यस अवसरमा राष्ट्रिय सीप विकास प्रतिष्ठान र रोजगारदाता कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।