प्रचण्डद्वारा सहिद प्रतिष्ठान नेपाल मेलम्चीको नवनिर्मित भवन उद्घाटन


काठमाडौं, १ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद प्रतिष्ठान नेपाल मेलम्चीको नवनिर्मित भवन उद्घाटन गरेका छन् । आज (शुक्रबार) सिन्धुपाल्चोकको मेलम्ची पुगेका प्रचण्डले नवनिर्मित सहिद प्रतिष्ठानको भवन उद्घाटन गरेका हुन् ।

उक्त भवनका लागि दाताहरुको सहयोगबाट जग्गा खरिद गरिएको थियो । बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक र शहरी विकास तथा भवन कार्यालय काभ्रेपलाञ्चोकको प्राविधिक सहयोगमा भवन निर्माण भएको बताइएको छ ।