आईजीपी कुँवरको प्रमुख आतिथ्यमा प्रथम आईजिपि कप क्रिकेट प्रतियोगिता सम्पन्न


प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक कार्यक्रमबीच नेपाल प्रहरी खेलकुद समिति महाराजगंजको आयोजनामा मुलपानी क्रिकेट मैदानमा संचालित प्रथम आईजिपि कप क्रिकेट प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रतियोगितामा बिजयी हुने मधेश प्रदेश प्रहरी कार्यालय टिमका खेलाडी तथा अफिसियलहरूलाई पदक, प्रमाण-पत्र, ट्रफि र नगद पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सुरक्षा निकाय जस्तो शारीरिक र मानसिक रूपमा तन्दुरूस्त रहनुपर्ने क्षेत्रमा खेलकुदको महत्व अझ बढि हुने चर्चा गर्दै यस प्रतियोगिताले नेपाल प्रहरीको क्रिकेट खेलको स्तरलाई सुदृढ तुल्याउनुका साथै खेलाडीहरूको पहिचान तथा खेलको विकास र प्रवर्धनमा समेत योगदान पुर्‍याएको बताउनुभयो ।

खेलाडीहरूबाट समूहमा प्रदर्शन भएको मेहनत, अनुशासन, खेलकौशल र सामूहिक भावना नेपाल प्रहरीभित्र रहेको भातृत्व भाव र स्व:अनुशासनको प्रतिबिम्ब भएको चर्चा गर्दै प्रतियोगिताको बिजेता एवम् उपबिजेता तथा अन्य विधामा उत्कृष्ठ हुने सबैलाई बधाई दिनुका साथै आगामी प्रतिस्पर्धामा समेत सफलताको कामना उहाँले व्यक्त गर्नुभयो ।