साउन महिनाको चौथो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसरमा ठूलो घुइँचो


काठमाडौं । साउन महिनाको चौथो सोमबारको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ। धार्मिक आस्थाअनुसार भगवान शिवको विशेष पूजा गर्ने दिन मानिने सोमबार बिहानैदेखि श्रद्धालुहरू पूजाआजा र दर्शनका लागि मन्दिर पुगेका हुन्।

पशुपत क्षेत्रमा बिहानैदेखि लामो लाइन लागेका छन् भने अन्य शिवालयहरूमा पनि पूजाआजामा सहभागी हुनेहरूको भीड देखिएको छ। भक्तजनले दुग्धाभिषेक, बेलपत्र अर्पणलगायतका पूजा–विधि सम्पन्न गर्दै आफ्नो मनोकामना पूर्ति होस् भन्ने कामना गरेका छन्।