काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिका जाँदैछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीबीच सोमबार ह्वाइट हाउसमा भेटवार्ता हुँदै छ ।
यो वर्षको सुरुवातमा दुई नेताबीच भएको चर्काचर्की बहसपछि यसपटक जेलेन्स्की युरोपेली सहयोगीहरूसमेत लिएर ह्वाइट हाउस जाँदै छन् । जेलेन्स्कीसँगै नाटो महासचिव मार्क रुट्टे र बेलायती प्रधानमन्त्री सर केयर स्टार्मर पनि ह्वाइट हाउस जानेछन् । उनीहरूले रुससँगको युद्ध अन्त्य गर्ने उपायहरूबारे वार्ता गर्नेछन् । गत फेब्रअरीमा ट्रम्पले जेलेन्स्कीलाई ह्वाइटहाउसमा झपारेपछि जेलेन्स्की चुपचाप बाहिरिएका थिए ।
ट्रम्पले जेलेन्स्कीले दुईवटा काम गरे साढे तीन वर्षदेखि जारी युद्ध तत्काल अन्त्य हुने दावी गरेका छन् । वार्ताअघि नै ट्रम्पले जेलेन्स्कीले दुइटा काम गरे युद्ध तत्काल अन्त्य हुने बताएका हुन् । ‘पहिलो, युक्रेनले सन् २०१४ मा रुसले अवैध रूपमा कब्जा गरेको क्राइमियामाथिको दाबी छाड्ने र दोस्रो, युक्रेन कहिल्यै नेटो सैन्य गठबन्धनमा सामेल नहुने ।
जेलेन्स्कीले चाहेमा रुससँगको युद्ध लगभग तुरुन्तै अन्त्य गर्न सक्छन्। वा लडाइँ जारी राख्न सक्छन्। याद गर्नुहोस् यो कसरी सुरु भयो। ओबामाले १२ वर्षअघि एउटा गोली पनि नचलाई क्राइमिया दिए। र, युक्रेन नेटोमा नजाने कुरा,’ ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्।














प्रतिक्रिया