थाहा नगरपालिकामा उज्यालो नेपाल अभियानको नगर समिति गठन


मकवानपुर l उज्यालो नेपाल अभियानअन्तर्गत मकवानपुरको थाहा नगरपालिकामा आयोजित बृहत् भेलाले २१ सदस्यीय नगर समिति गठन गरेको छ। भेलाले विनोद महर्जनलाई संयोजक तोकेर समितिको नेतृत्वसमेत प्रदान गरेको हो।

ऊर्जा नायक कुलमान घिसिङको नेतृत्वमा अघि बढाइएको यस अभियानलाई देशव्यापी जनचेतनामूलक आन्दोलनका रूपमा विस्तार गर्ने उद्देश्य राखिएको छ। नगर स्तरीय भेलामा स्थानीयवासी, वरिष्ठ नागरिक तथा बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रममा सहभागीहरूले आ–आफ्ना धारणा राख्दै उज्यालो नेपाल अभियानले ऊर्जा सम्बन्धी चेतना अभिवृद्धि गर्ने र राष्ट्रको दिगो विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

स्थानीयस्तरबाट अभियानलाई अझ प्रभावकारी ढंगले अघि बढाउन आगामी दिनमा विभिन्न कार्यक्रममार्फत उज्यालो नेपालको सन्देश फैलाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।