काठमाडौं l हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि इजरायल पुगेकी उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी पहल–प्रयास जारी राखेका भन्दै कुनै ठोस उपलब्धि बिना नै नेपाल फर्किएका छन्।
सरकारी निकाय, मानवीय संस्था र सम्बन्धित पक्षहरूसँग भेटघाट तथा समन्वय गर्दै विपिनको छिटोभन्दा छिटो रिहाइका लागि पहल गरिएको परिवारले जनाएको छ। तर, हालसम्म कुनै औपचारिक सहमति वा प्रगति सार्वजनिक नभएकाले दुवै जना नेपाल फर्किएका हुन्। परिवारले आगामी दिनमा कुटनीतिक तथा मानवीय च्यानलमार्फत निरन्तर पहल अघि बढाइने बताएको छ।

नेपाल सरकार, सम्बन्धित कूटनीतिक निकाय र अन्तर्राष्ट्रिय मानवीय संस्थाहरूसँग समन्वय गर्दै विपिन जोशीको अवस्थाबारे विश्वसनीय सूचना संकलन र सुरक्षित रिहाइ सम्भावनामा परिवार सक्रिय रहँदै आएको छ। तर जटिल सुरक्षा परिस्थितिका कारण प्रक्रिया सुस्त देखिएको परिवारको धारणा छ।
परिवारले विपिनको सुरक्षित रिहाइका लागि सरकार, अन्तर्राष्ट्रिय समुदाय तथा मानवअधिकार संगठनहरूलाई निरन्तर चासो र सहयोग जारी राख्न अपिल गरेको छ। साथै, संवेदनशीलता दृष्टिगत राख्दै अनावश्यक अटकल वा अपुष्ट सूचनाबाट टाढा रहन आमसञ्चार माध्यम र सर्वसाधारणलाई अनुरोध गरिएको छ।














प्रतिक्रिया