काठमाडौं – ‘पूर्ण बहादुरको सारंगी’ ले बम्पर व्यापार गरेपछि निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’ पनि त्यही जादु दोहोर्याउँछ भन्ने अपेक्षा थियो। तर, अपेक्षा विपरीत बिहीबारबाट रिलिजमा आएको फिल्मले दयनीय ओपनिङ गरेको छ।
बिहानीका अधिकांश शोहरू दर्शकविहीन भए भने, दिउँसोका केही हलहरूमा मात्र सामान्य उपस्थिति देखियो। यसले फिल्मको व्यापार पहिलो दिनमै कमजोर भयो।
फिल्मको गीत–संगीत, टिजर र ट्रेलरले खासै दर्शकको ध्यान तान् सकेन। ‘नत्र भने जिन्दगी व्यर्थ छ’ बोलको गीत तीजमा चर्चित भए पनि दर्शकलाई यो ‘कोशेढुंगा’ फिल्मकै गीत हो भन्ने जानकारी भएन। त्यसैले गीतको लोकप्रियताले पनि ओपनिङमा कुनै फाइदा गर्न सकेन।
यद्यपि, प्रिमियरमा सहभागी फिल्मकर्मी र पाहुनाहरूले क्यामेराको अगाडि फिल्मको तारिफ गरे तर क्यामेरा बाहिर भने आलोचनाको चासो बढेको छ। दर्शकसमक्ष फिल्मको प्रत्यक्ष आकर्षण भने कमजोर नै देखिएको छ।
सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाहलगायत कलाकारहरूको स्टारडमले पनि दर्शक तान्न सकेन। त्यस्तै, निर्देशक पौडेलको ‘सारंगी’ को सफलता पनि यस फिल्ममा दोहोरिन सकेन।
फिल्म उद्योगका लागि प्रत्येक फिल्मको व्यापार महत्त्वपूर्ण हुन्छ। ‘कोशेढुंगा’ ले भोलिदेखि दर्शक तान्न नसके ठूलो घाटा फिल्मसँगै यो क्षेत्रलाई पर्ने विश्लेषण गरिएको छ।














प्रतिक्रिया