चलचित्र ‘पूर्णबहादुर सारंगी’ ले सर्वकालीन व्यापार गर्यो भन्दैमा अरुलाई केही पनि नठान्ने, नगन्ने निर्माता विनोद पौडेलले आफ्नै बोलीका कारण बेला बेला आलोचना खेप्नुपरेको छ ।
नेपाली फिल्म बजारमा पछिल्लो समय एक अनौठो प्रवृति मौलाएको छ – निर्माताले आफ्नै फिल्मलाई चलाउन टिकट किन्ने । अब त यसका लागि छुट्टै बजेट नै राख्ने प्रचलन सुरु भएको छ भन्ने चर्चासमेत छ ।
केही महिना अघि कीर्तिमानी फिल्म पूर्णबहादुरको सारङ्गीका निर्माता विनोद पौडेलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूले १०–१२ लाख रुपैयाँ बराबरको टिकट किनेको खुलासा गरेका थिए । उनले त्यतिबेला भनेका थिए, “इन्द्रेको बाउ चन्द्रेले फिल्म बनाए पनि २०–२५ लाखको टिकट त किन्नै पर्छ । हामीले पनि १०–१२ लाखको त किनेकै हो । अब टिकट काट्नु पनि मार्केटिङ प्लान हो ।
उनको यो भनाइपछि फिल्म क्षेत्रमा निर्माताले टिकट किन्ने प्रवृति झन् बढेको देखिएको छ । टिकटमै लाखौं खर्च गर्दा फिल्मले सारङ्गी जस्तै बक्स अफिसमा राम्रो कमाइ गर्छ भन्ने अपेक्षा अन्य निर्मातामाझ समेत बलियो बन्दै गएको छ ।
यहीबीच, पौडेलको नयाँ फिल्म अभिमन्यु : च्याप्टर वान भदौ २७ गतेदेखि प्रदर्शनमा आउँदैछ । यसको ९ दिनपछि, अर्थात् असोज ६ गते (घटस्थापनाको दिन), फिल्मको हिन्दी डब संस्करण समेत प्रदर्शन हुने भएको छ ।
फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनलाई सोधियो, “यसपटक कति लाखको टिकट किन्दै हुनुहुन्छ ?” पौडेलले हाँस्दै जवाफ दिए, “साढे १२ लाख नेपालीलाई, र साढे १२ लाख हिन्दीलाई ।
उनको यो जवाफले कार्यक्रममा उपस्थित हल हाँसोले गुञ्जायमान भएको थियो । पौडेलले निर्माण गरेको यो दोस्रो फिल्म हो । उनले टिकट किनेरै फिल्म चलाउने दाउमा निर्माता पौडेल ।














प्रतिक्रिया