दशैंको फूलपातीमा प्रदर्शन हुने ‘माइतीघर’को ट्रेलर सार्वजनिक….(हेर्नुस ट्रेलर)


काठमाडौं – आगामी दशैंको फूलपातीका दिन प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘माइतीघर’ को ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको छ।

ट्रेलरले फिल्मको कथावस्तु र पात्रहरूको प्रस्तुति झल्काएको छ। पारिवारिक कथामा आधारित यस फिल्मको केन्द्रमा उपासनासिंह ठकुरी देखिएकी छन्। साथै, प्रकाश सपुत, धीरज मगर, केदार घिमिरे (माग्नेबुढा) र श्यामाश्री शेर्पाको समेत भूमिका समावेश छ।

तामाङ समुदायको कथा भए पनि फिल्मको छायांकन म्याग्दीको ताकम क्षेत्रमा गरिएको हो। मिलन तामाङ निर्देशित ‘माइतीघर’ रोहित अधिकारी फिल्म्सको ब्यानरमा बनेको हो।

फिल्मका निर्मातामा रविन शेरचन र धीरज तामाङ रहेका छन्। यसलाई दशैं फूलपातीको अवसर पारेर आसोज १३ गतेदेखि देशभर प्रदर्शनमा ल्याइने भएको छ।