दिब्यासी फिल्म्सको ब्यानरमा तयार भएको फिल्म ‘परिवर्तन’ को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ। फिल्म माघ ९ (जनवरी २३) देखि देशभर प्रदर्शनमा आउने भएको हो।
सार्वजनिक पोस्टरमा नायक सुशील श्रेष्ठलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ, जसमा आगो, लडाइँ र प्रतिशोधको झल्को देखिन्छ। हातमा तरवार समातेका सुशीलको यो लुकलाई उनको करिअरको अहिलेसम्मकै दमदार एक्सन अवतार मानिएको छ।
देशको सीमाना र राजनीतिक संघर्षलाई आधार बनाएर तयार भएको यस फिल्ममा सुशीलले नेताजस्ता पात्रहरूको विरुद्धमा खडा भएको देखाइएको छ।
विजय केरुङको निर्देशनमा बनेको ‘परिवर्तन’ मा कथा तथा लगानी दीपक सिवाकोटीको छ भने लेखन शिवम् अधिकारीको रहेको छ। फिल्ममा सुशीलसँगै अन्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त वुढाथोकी, सुवास मेचे, बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारी लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ।
फिल्ममा शिव ढकालको छायांकन, बन्दे प्रसादको सम्पादन रहेको छ भने वितरणको जिम्मेवारी आर.आर. फिल्म्सले लिएको छ।














प्रतिक्रिया