‘जेरी अन टप’को प्रचारमा निस्किए अनमोल र जसिता


फिल्म ‘जेरी अन टप’ ले कलाकारको सहभागितासहित जोरदार प्रचार सुरु गरेको छ। नायक अनमोल केसी र नायिका जसिता गुरुङले भारतको पश्चिम बंगाल, कालिम्पोङबाट प्रचार अभियान थालेका हुन्। उनीहरू ‘शहीद कप टुर्नामेन्ट २०२५’मा विशेष अतिथि बनेर सहभागी हुँदै दर्शकमाझ फिल्मबारे अनुभव साटेका थिए।

निर्देशक सुयोग गुरुङसहितको टोलीले पूर्वोत्तर भारतमा समेत फिल्म रिलिज गर्ने तयारी संकेत गरेको छ। नेपालीभाषी बहुल बजार भएकाले पश्चिम बंगाल र सिक्किमलाई मुख्य लक्ष्य बनाइएको छ। यसअघि अनमोलले बैशाख पहिलो सातामा सिलिगुढीमा प्रशंसकसँग भेटघाट गर्दै प्रचारको सुरुवात गरेका थिए।