काठमाडौं – प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारलाई पूर्णता दिने क्रममा पर्यटन मन्त्रालयमा को जिम्मेवारी पाउने भन्ने विषय चर्चामा छ ।
नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामा, माहानायक राजेश हमाल र अन्तर्राष्ट्रिय स्तरमा चिनिएकी अभिनेत्री मनिषा कोइरालालाई सम्भावित पर्यटनमन्त्रीका रूपमा प्रचारित गरिएको छ ।
माहानायक हमालको लोकप्रियता, कोइरालाको अन्तर्राष्ट्रिय पहुँच र लामाको विमानन क्षेत्रमा लामो अनुभवका कारण उनीहरूको नाम चर्चामा आएको हो ।
तर, यी नामहरू प्रचार मात्रै हुने वा वास्तवमै मन्त्रालयको जिम्मेवारीसमेत पाउने भन्नेमा अझै अनिश्चितता छ ।
अब प्रश्न के छ भने—को पर्यटन मन्त्री बन्ने हो?
जनताबीच पनि बहस छ– ब्रान्डिङमा जोड दिने हो भने हमाल वा कोइराला, व्यवस्थापनमा ध्यान दिने हो भने लामा उपयुक्त हुने विश्लेषण सुनिन्छ ।














प्रतिक्रिया