काठमाडौं । भदौमा भएको जेनजी आन्दोलनका क्रममा देशभरका कारागारबाट भागेका १४ हजार ५५५ कैदीबन्दीमध्ये पाँच हजार ५४७ जना अझै फरार छन्। कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म नौ हजार आठजना भने कारागारमा फिर्ता भइसकेका छन् ।
विभागले फरार कैदीबन्दीलाई फिर्ता ल्याउने प्रयासलाई थप प्रभावकारी बनाइने जनाएको छ। विभागले आइतबार सूची सार्वजनिक गर्दै उनीहरूलाई भविष्यमा सरकारी नियुक्ति र सुविधान नदिन पत्राचारसमेत गरेको छ ।
उनीहरुको नाम सार्वजनिक गर्दै विभागले निर्वाचन आयोग, सुरक्षा निकायहरु, अध्यागमन विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, यातायात व्यवस्थापन विभाग, राहदानी विभाग, वैदेशिक रोजगार विभाग, श्रम विभाग, नापी विभागलगायत सेवाग्राहीहरुको आवागमन धेरै हुने निकायहरु तथा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमा पठाइएको छ ।
यसरी भागेका कैदीमा ५४० जना भारतीय रहेका छन् । १०८ जना चीन, क्यानडासहित विभिन्न मुलुकका रहेका छन् ।
देशका विभिन्न कारागारबाट भागेका अधिकांश कैदी बलात्कार, हत्या र लागुऔषध मुद्दामा थुनामा रहेको पाइएको छ । गृह मन्त्रालयअन्तर्गत कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनामा उल्लेखित नामहरु अधिकांश बलात्कार, हत्या र लागुऔषध मुद्दामा थुनिएका रहेको पाइएको हो ।














प्रतिक्रिया