काठमाडौं – जेनजी आन्दोलनको एक महिनापछि केन्द्रीय समिति बैठक आफ्नो पक्षमा पारेपछि एमाले अध्यक्ष केपी ओलीले अब नेतृत्व नछाड्ने मनस्थिति बनाएका छन् । आन्दोलनपछि केन्द्रीय सचिवालय बैठकको पहिलो दिन अल्पमतमा परेपछि एक दिन बैठक स्थगित गरी नेताहरूलाई आफ्नो पक्षमा पारेका ओलीले केन्द्रीय समिति बैठक भने पूरै आफूतिर ढल्काए ।
जसकारण अहिले उनी पार्टी कार्यालय मात्र पुगेका छैनन्, वर्तमान सरकारलाई जतिबेला पनि ढालिदिने चेतावनी दिन थालेका छन् । ओलीले आइतबार सम्पादकहरूसँग अन्तरक्रिया गर्दैछन्। सत्ताच्यूत भएपछि वर्तमान सरकारविरुद्ध कटाक्षपूर्ण अभिव्यक्ति दिँदै आएका ओलीले आइतबार दिउँसो १ बजे कोटेश्वरस्थित होटल ए वान भेन्यूमा सम्पादकहरूसँग छलफल गर्न लागेका हुन्। भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सत्ताच्यूत भएपछि ओलीले पहिलोपटक पत्रकारसँग अन्तरक्रिया गर्न लागेका हुन्। प्रेस चौतारीले ओलीसँग सम्पादकहरुसँग संवाद आयोजना गरेको हो ।
यसअघि गएको भदौ २४ गते प्रेस सेन्टरले पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्पादकहरूसँग संवाद कार्यक्रम गरेको थियो।














प्रतिक्रिया