काठमाडौँ – जेनजी आन्दोलनपछि स्वास्थ्यमन्त्री बन्ने भनेर चर्चामा आएकी स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव संगिता कौशल मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्रासहितले स्वास्थ्य उपकरणमा घोटाला गरेको ठहर गर्दै आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगले मिश्रासहित १५ जनालाई १४ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ । स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गरेको खरिदको विषयसँग सम्बन्धित फाइलमा अख्तियारले उनीमाथि भ्रष्टाचार मुद्दा पेस गरेको हो । अघिल्लो सरकारका पालामा स्वास्थ्य सचिवमा बढुवा नगरेको भन्दै उनी ६ महिनासम्म बिदामा बसेकी थिइन् ।
तर त्यो बिदा पनि स्वीकृत गराएकी थिइनन् । जब ओली सरकार ढल्यो, उनी मन्त्रालयमा हाजिर भइन् । एकाएक उनको नाम स्वास्थ्यमन्त्रीमा आयो । तर अख्तियारले मिश्राविरुद्ध अनुसन्धान अन्तिममा पुगेको भन्दै जानकारी दिएपछि प्रधानमन्त्री सुशीला कार्की मिश्रालाई मन्त्री नियुक्त गर्ने तयारीबाट पछि हटेकी थिइन् ।














प्रतिक्रिया