काठमाडौं । चर्चित गायक तथा संगीतकार बाबुल गिरीविरुद्ध प्रहरी कार्यालयमा जाहेरी परेको छ । आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेको मृत्यु भएपछि उनको परिवारले गिरीविरुद्ध किटानी जाहेरी दिएको हो ।
नितुका दाजु गणेश पौडेल जाहेरी लिएर प्रहरी वृत्त सिंहदरबार पुगेका छन् । जाहेरी दर्ता गरेर गायक गिरीमाथि अनुसन्धान गर्नुपर्ने गणेशको माग छ ।
गणेशले आफ्नो बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएका हुन् । विगत ८–९ वर्षदेखि बिहिनी र गिरी प्रेम सम्बन्धमा रहेको उनको दाबी छ । दुईजनामात्रै भएको कोठाभित्र आफ्नो बहिनीलाई जलाइएको गणेशको दाबी छ ।
गायिका नितु पौडेलको एक साताको उपचारपछि आज शुक्रवार मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा बिहान साढे ८ बजेतिर गायिका पौडेललाई चिकित्सकले मृत घोषित गरे । कात्तिक १ गते स्टुडियोमा गएर शरीरमा पेट्रोल छर्केर गायिका पौडेलले आत्मदाहको प्रयास गरेकी थिइन् । तत्कालै प्रहरीले उनलाई अस्पताल लगेको थियो ।














प्रतिक्रिया