काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नाहरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा विभिन्न मिडियाका सम्पादकहरूसँग अन्तरक्रिया आयोजना गरेका छन् ।
देशको वर्तमान जटिल परिस्थिति, बिग्रँदो भूराजनीतिक अवस्था, तथा गत भदौ २३ र २४ गते सम्पन्न जेन–जी आन्दोलनपश्चात् उत्पन्न तरल राजनीतिक परिस्थितिबारे प्रसाईले पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।
देशको आर्थिक, न्यायिक तथा सांस्कृतिक सम्पदामाथि चुनौती थपिएको भन्दै महाअभियानले नागरिक र राष्ट्रको रक्षार्थ भन्दै छठपछि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।
प्रसाई समूहले सडक आन्दोलन चर्काउने भएपछि सरकारले संवादमा आउन आह्वान गरेको छ । जेनजी आन्दोलनमा प्रसाई समूहको संलग्नता रहेको र देशव्यापी तोडफोड, लुटपाट र आगजनी भएको सुरक्षा संयन्त्रले निष्कर्ष निकालेको छ । सुरक्षा संयन्त्रको यस्तो निष्कर्षपछि दबाबमा परेका प्रसाईले आइतबार बिहानै सामाजिक सञ्जालमार्फत साझा समझदारी गर्न तयार रहेको घोषणा गरेका छन् ।














प्रतिक्रिया