गर्भवती महिलाको मृत्युपछि किष्ट अस्पतालमा तनाव, सुरक्षाकर्मीको बाक्लो परिचालन


काठमाडौं । अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गर्ने भएपछि ग्वार्कोस्थित किष्ट अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

प्रहरीले अस्पताल घेरेर राखेको छ भने बाहिर ठूलो संख्यामा मृतकका आफन्त र परिवारका सदस्यहरु भेला भएका छन् ।

कात्तिक ७ गते अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरुको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरुको भनाइ छ । आक्रोशित आफन्तहरुले आइतबार अस्पतालमा तोडफोडसमेत गरेका थिए । सोमबार पनि तोडफोड हुने सम्भावना देखिएपछि सुरक्षाकर्मी परिचालन गरिएको हो ।