साविक विजेता जनकपुरलाई काठमाडौंले पाँच विकेटले हरायो


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को सोमबार उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई काठमाडौं गोर्खाजले पाँच विकेटले हराएको छ ।

टस हारेर ब्याटिङमा ओर्लिएको जनकपुरले २० ओभरमा आठ विकेटको नोक्सानीमा १३० रनको मध्यम योगफल बनाएको थियो । प्रत्युत्तरमा काठमाडौंले १८ ओभरमा पाँच विकेटको क्षतिमा १३१ रन बनाएको थियो ।

काठमाडौंको जितमा आकाश त्रिपाठी र वेन चालेवर्थले पहिलो विकेटका लागि ७० रनको उत्कृष्ट साझेदारी गर्दे जितको आधार बनाएका थिए ।

वेनले २३ बलमा तीन छक्का र पाँच चौका प्रहार गरी ४६ रनको योगदान दिए । आकाशले ४५ बलमा ५ चौका प्रहार गरी ३९ रन बटुले । मध्यक्रममा मिलिन्द कुमारले २२ बलमा १९ रन तथा इंग्लिस खेलाडी जोन सिम्पसनले ६ बलमा समान एक चौका र छक्का प्रहार गरी १३ रन बटुले ।

जनकपुरका लागि बलिङमा किशोर महतो, अनिल शाह, ललितनारायण राजवंशी, जान निकोल तथा सन्जयले समान एक एक विकेट हात पारेका थिए ।

यसअघि ब्याटिङ गरेको जनकपुरले गतिलो ब्याटिङ प्रर्दशन गर्न सकेन । ओपनर आसिफ सेखले ४१ बलमा ६ चौका र एक छक्का प्रहार गरी सर्वाधिक ५४ रनको योगदान दिए । मध्यक्रममा काठमाडौंका स्पिनरले तीन विकेट लिँदा जनकपुरको ब्याटिङ कमजोर बन्यो ।

अन्तिममा मायंक यादव र लाहिरु समराकुनले छैटो विकेटका लागि ४८ रन जोड्दै जनकपुरलाई मध्यम योगफलसम्म पु¥याए । मायंकले २९ बलमा ३४ रन तथा लाहिरुले २१ बलमा २२ रन जोडे । बलिङमा मिलिन्दले १५ रन खर्चेर सर्वाधिक तीन विकेट हात पारे ।