कर्णाली याक्सलाई चितवन राइनोजले चार विकेटले हरायो


काठमाडौं । चितवन राइनोजले कर्णाली याक्सविरुद्ध पहिलो जित निकालेको छ । मंगलबार त्रिवि क्रिकेट मैदानमा चितवनले कर्णालीलाई चार विकेटले पराजित गरेको हो । चितवनले पहिलो सिजनको हारको बदला दोस्रो सिजनको पहिलो खेलमै लिएको छ ।

दोस्रो एनपिएलको दोस्रो खेलमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६७ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा चितवनले १९.१ ओभरमा ६ विकेट गुमाउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
चितवनको जितमा रवि बोपाराले सर्वाधिक ५२ रन बनाएका थिए । उनले ३६ बलमा समान तीन चौका र छक्का प्रहार गरेका थिए ।

इंग्लिस खेलाडी सेइभ जइवले आक्रमक ब्याटिङ गर्दै ३८ रन बनाएका थिए । १६ बलमा उनले २ चौका र चार चौका प्रहार गरेका थिए । लगातार दुई छक्का हिर्काउर दबाब सिर्जना गरेका २७ वर्षीय बाँया हाते ब्याटरलाई कप्तान सोमपाल कामीले एलबिडब्लु धरापमा पारेका हुन् ।

यसअघि कर्णालीका ओपनर दीपक बोहराले ३६ बलमा ६ चौका र एक छक्कासहित ४२ रन बनाए । उनलाई विपिन खत्रीले कप्तान सोमपाल कामीबाट क्याच आउट गराएका थिए ।

१५ बलमा २ छक्कासहित २० रन बनाएका कप्तान कुशल मल्ललाई सोमपालले गुल्शन झाबाट क्याच गराएका थिए । कर्णालीबाट चितवन पुगेका देव खनालले मात्र २ रन बनाए । इंग्ल्यान्डबाट विश्वपक खेलिसकेका डेविड मालमले मात्र ६ रन बनाउन पुगे ।

कर्णालीको लागि कप्तान सोमपालले सर्वाधिक दुई विकेट लिए । तर उनी ४ ओभरमा ३३ रन खर्चिन पुगेका थिए । युनिष विक्रम ठकुरी, मार्क वाट र युवराज खत्रीले समान एक एक विकेट लिएका थएि । गुल्शन झा र नन्दन यादव भने विकेटविहीन भए ।
आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स खेल्दैछन् । प्रतियोगिता २७ मंसिरसम्म त्रिवि क्रिकेट मैदानमै हुनेछ ।