रास्वपामा उम्मेदवार बन्न मोबाइल एपबाटै आवेदन दिन सकिने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फको उमेदवार हुन चाहनेले मोबाइल एपबाटै आवेदन दिन सक्ने भएका छन् ।

रास्वपाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मोबाइल एपमार्फत नै उमेदवारी दिन सकिने गरी आवेदन खुला गरेको छ । इच्छुक पार्टीका सदस्यहरूलाई रास्वपाको मोबाइल एपमार्फत अनलाइन आवेदन दिन आह्वान गरिएको छ ।

पार्टीले उमेदवारी दिनका लागि मंसिर २५ गतेसम्मको समयसीमा तोकेको छ । उमेदवार छनोटको मापदण्ड तथा रूपरेखाबारे पार्टीको वेबसाइटमा राखिएको रास्वपाले जनाएको छ । रास्वपाले समानुपातिक उम्मेलवार बन्न ५१ हजार शुल्क तोकेको छ । यस्तै, बहुविवाह नभएको, नैतिक चारित्रिक कसुर नलागेको हुनुपर्ने योग्यता तोकिएको छ ।