काठमाडौं । कांग्रेसको १५औँ महाधिवेशनको मिति टुंगो लागेपछि क्रियाशील सदस्यता वितरण सुरु गरिने भएको छ । कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजकसमेत रहेका महामन्त्री गगन थापाले बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएका छन्।
समितिमा महामन्त्री थापा, प्रकाश स्नेही, योगेन्द्र चौधरी र सीता गुरुङ सदस्य छन् । पार्टीले आगामी पुस २६–२८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेसँगै कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । समितिले आजदेखि क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणका लागि आवश्यक काम थाल्ने समिति सदस्य प्रकाश रसाइली बताउँछन् ।
कांग्रेसलाई छोटो समयभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने दबाब छ । अधिकांश शीर्ष नेताका जिल्लामा क्रियाशील सदस्यताको विवाद समाधान हुन सकेको छैन । कांग्रेसको झण्डै नौ लाख क्रियाशील सदस्यमध्ये तीन लाखले मात्र नवीकरण गरेका छन् । साथै, जेनजीलाई पनि लक्षित गरी क्रियाशील सदस्यता वितरण गर्नुपर्ने अवस्था छ । डेढ महिनामा सबै काम सकेर महाधिवेशन गर्न कांग्रेस नेतृत्वलाई निकै ठूलो चुनौती छ ।














प्रतिक्रिया