काठमाडौँ । गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई बुधबार पक्राउ गरेको हो । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनबारे अनुसन्धान गरिरहेको प्रहरीले उनलाई सोही अनुसन्धानका सिलसिलामा पक्राउ गरेको स्रोतले जनाएको छ ।
सीआईबीले यसअघि बैंकका सीईओ शेरचनसहित तीनजनालाई पक्राउ गरेको थियो । रेमिट्यान्स कारोबार र धरौटीबापतको रकम भुक्तान नगरी देशभरका विभिन्न सहकारीलाई ठगी गरेको आरोपमा प्रभु म्यानेजमेन्ट प्रालिका संस्थापक देवीप्रकाश भट्टचन, सञ्चालक कुसुम लामासहित विरुद्ध हालै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । गुण समूहले रियल स्टेट, हाउजिङ, सिनेमाघर, मोटर पार्टस, व्यावसायिक भवनहरुलगायतका क्षेत्रमा लगानी गरिरहहेको छ । शाक्य गुण हल र गुण एयरलाइन्सका सञ्चालक पनि हुन् ।














प्रतिक्रिया